Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

न्याय परिषदद्वारा उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी

न्याय परिषदद्वारा उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी

  • आइतवार, भाद्र ९ २०८१

  • 352
    SHARES

  • न्याय परिषदद्वारा उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी

    काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार न्याय परिषद्को बैठक सुरु भएको छ ।

    बैठकले १६ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेको परिषद् स्रोतले जनाएको छ । सर्वोच्च अदालतमा समेत न्यायाधीश नियुक्त गर्नुपर्ने भएपनि ढिलाइ हुँदै आएको बेला आइतबार उच्चमा भने नियुक्तिको तयारी भएको परिषद् स्रोतको भनाइ छ ।

    सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था छ । लामो समयदेखि न्यायाधीश नियुक्तिबारे छलफल हुँदै आएपनि सहमति नजुट्दा अहिलेका लागि उच्चको न्यायाधीशमात्र नियुक्ति गर्न लागिएको हो ।


    आइतवार, भाद्र ९ २०८१०२:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij