Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले जानाजानी ओलीबाट धोका खाएका हुन्: रामनारायण बिडारी

प्रचण्डले जानाजानी ओलीबाट धोका खाएका हुन्: रामनारायण बिडारी

  • आइतवार, भाद्र ९ २०८१

  • 836
    SHARES

  • प्रचण्डले जानाजानी ओलीबाट धोका खाएका हुन्: रामनारायण बिडारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले पार्टी अध्यक्ष प्रचण्डले धोका खान तयार भएरै प्रधानमन्त्री ओलीबाट धोका पाएको बताउनुभएको छ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिन्छन् भन्ने दुई वर्ष अगाडिदेखि नै पुष्पकमल दाहाल प्रचण्डलाई थाहा भएको र आफूहरुलाई पनि बारम्बार भन्ने गरेको बताउँदै नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले प्रचण्ड स्वयम् थाहा पाउँदापाउँदै ओलीको धोकामा परेको स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीलाई चख्मा खुवाउन खोज्दा प्रचण्ड आफैले खान पुगेको नेता बिडारीको भनाइ छ । ओलीको चतु¥याई पहिलेदेखिनै बुझेका प्रचण्डले आज आएर चिन्न सकिन, बुझ्न सकिन भन्नुको कुनै अर्थ नरहेको पनि नेता बिडारीको भनाइ छ ।

    पछिल्लो समय प्रचण्डले हरेक बैठक तथा सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री ओलीबाट आफूलाई धोका भएको बताउँदै आइरहुनभएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाप्रति भने प्रचण्ड नरम देखिनुभएको छ । यहि प्रसंगमा नेता बिडारीले यो सबै कुटनितिक राजनीतिको अर्को नयाँ खेल भएको बताउनुभएको छ ।


    आइतवार, भाद्र ९ २०८१०८:५६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij