Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिद्वारा अनुसन्धान जारी, सोधपुछका क्रममा धेरैले आरोप स्वीकार गरेनन् (खास खबर)

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिद्वारा अनुसन्धान जारी, सोधपुछका क्रममा धेरैले आरोप स्वीकार गरेनन् (खास खबर)

सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता ।
  • शनिवार, भाद्र ८ २०८१

  • 461
    SHARES

  • सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिद्वारा अनुसन्धान जारी, सोधपुछका क्रममा धेरैले आरोप स्वीकार गरेनन् (खास खबर)
    काठमाडौं । संसदीय छानबिन समितिले देशभरका सहकारीमा भएको अनियमितताबारे अनुसन्धान गरिरहेको छ । समितिमा विभिन्न व्यक्तिलाई बोलाएर बयान लिने क्रम पनि जारी रहेको छ । सहकारी ठगी आरोपमा कारागार चलान भएकाहरूलाई समेत समितिमा बोलाएर बयान लिइँदै छ । पछिल्लो समय ठूलो सहकारी घोटालाको नाइके भनिएको गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राई यतिबेला फरार रहेका छन् । मलेसियामा रहेको भनिएका राईलाई नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन । उनकै पार्टनर भनिएका पूर्व गृहमन्त्रीलाई रवि लामिछानेलाई यो मुद्दा टाउको दुखाइको विषय बन्दै गएको छ । लामिछाने मात्रै होइन उनकै पार्टीका सहमहामन्त्री विपिन आचार्यको खातामा समेत १२ करोडको ट्रान्जेक्सन देखिएको समिति सदस्य एवं सांसद लेखनाथ दाहाल राजनको भनाइ रहेको छ । विभिन्न विज्ञहरूको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेपनि आरोपी स्वीकार गर्न तयार नरहेको उहाँको भनाइ छ । 
     
    यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् । हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर बयान दिनुभएका लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बदनाम गर्न खोजिएको बताउनुभएको छ  । यता, समिति सूर्य थापाले लामिछानेलाई फसाउन र उम्काउन समिति नबनेको भन्दै निष्पक्ष छानबिनमा आफूहरू लागेको दाबी गर्नुभयो । 
     
    लामिछानेले जीबी  राईलाई आफूले पक्राउ गर्नै लाग्दा केही व्यक्तिले भगाएको भन्दै उनी मलेसियामै रहेकाले सरकारले ल्याउन सक्ने बताउनुभयो । समितिका सभापति थापाले सोधपुछका सवाल जवाफहरू अहिले गोप्य नै रहने भन्दै लामिछानेले आफूमाथिका आरोप भने अस्वीकार गरेको बताउनुभयो । 
     
     


    शनिवार, भाद्र ८ २०८१०८:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij