Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

‘नेपालले छिट्टै महिला प्रधानमन्त्री पाउँछ’

‘नेपालले छिट्टै महिला प्रधानमन्त्री पाउँछ’

  • शनिवार, भाद्र ८ २०८१

  • 522
    SHARES

  • ‘नेपालले छिट्टै महिला प्रधानमन्त्री पाउँछ’

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउने बताउनु भएको छ। आज काठमाडौंमा आयोजित युथ कनक्लेभ २०२४मा बोल्दै उहाँले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउनुभयो।

    सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले थप्नुभयो,‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु,तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारीबारेमा सोचिराखेको छु।’


    शनिवार, भाद्र ८ २०८१०५:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij