Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सरकारमाथि विश्वाससँगै आक्रोश पनि उत्तिकै, अनुत्तिर्ण हुने छुट भने नरहेको तर्क,राजनीतिक अस्थिरताले कुटनीतिक क्षेत्रसमेत प्रभावित(खासखबर)

सरकारमाथि विश्वाससँगै आक्रोश पनि उत्तिकै, अनुत्तिर्ण हुने छुट भने नरहेको तर्क,राजनीतिक अस्थिरताले कुटनीतिक क्षेत्रसमेत प्रभावित(खासखबर)

  • बुधवार, भाद्र ५ २०८१

  • 407
    SHARES

  • सरकारमाथि विश्वाससँगै आक्रोश पनि उत्तिकै, अनुत्तिर्ण हुने छुट भने नरहेको तर्क,राजनीतिक अस्थिरताले कुटनीतिक क्षेत्रसमेत प्रभावित(खासखबर)

    काठमाडौं। लामो समयको रस्साकस्सीपछि अन्तत्वगत्व एकै ठाउँमा उभिएका एमाले र कांग्रेसका लागि अहिलेको संक्रमणकालीन अवस्थामा अन्तिम विकल्प भन्दै धेरैले सकारात्मक सुझाव पेश गरिरहेका छन्।

    यी दुई दलहरुलाई फेल हुने छुट नभएको भन्दै पार्टी पंक्तिबाट समेत दबाब सिर्जना हुँदै आएको छ। यद्यपि यो समिकरण कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको तजबिजमा बनेको हो ।

    समिकरण बन्नु पूर्व दोस्रो पंक्तिका नेता, कार्यकर्ताहरुको त्यति सहभागिता देखिदैन। कुटनीतिज्ञ एवं कांग्रेस नेता दीपकुमार उपाध्यायले दुई दलहरुमाथि जनताको भरोसा कायम रहेको बताउनुभएको छ।

    राजनीतिक संस्कारमा नैतिकता हराउँदै गएपनि विश्वास मान्नुको विकल्प नरहेको उहाँको भनाइ रहेको छ। सरकारैपिच्छे कुटनीतिक क्षेत्रमा देखिने दुषितपन घातक रहेको उहाँको तर्क रहेको छ।

    राजनीतिक दलहरुमा मुलुकको हीतको पक्षमा भन्दा पनि आफू र आफन्तहरुको पृष्ठपोषणका लागि समय खर्चिने स्वभाव हाबी देखिन्छ। संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य व्यवस्था हुने लेखिएको भएतापनि मुलुक पुजीवादतर्फ अघि बढेको छ ।

    शासकहरु भ्रष्टाचारमा लिप्त भएका छन्। जनतालाई विभिन्न आश्वासन दिएर निर्वाचन जित्ने र सबै आफै हो भन्ने आडम्बको विकास भइरहेको राजनीतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ रहेको छ ।

    सरकार निर्माणको सुरुवाती चरणमा केही सूचकहरुले सकारात्मक सन्देश प्रवाह गरेका छन्। यसको निरन्तरता प्रमुख आवश्यकता बनेको छ । २०६२÷०६३ को आन्दोपछि हालसम्म आइपुग्दा मुलुकको अवस्था जस्ताको तस्तै हुनु बिडम्बना बनेको छ ।

    उद्योगधन्दा जीर्ण बने, वैदेशिक रोजगारीमा जाने दर बढेको छ, रोजगारीका अवसर छैनन्, यी यावत् विषयलाई मध्येनजर गर्दै मुलुकलाई समृद्धिको दिशामा डो¥याउनु आजको आवश्यकता हो।


    बुधवार, भाद्र ५ २०८१०८:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij