Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

‘भदौ ७ गते बयान दिन जाँदैछु’ : रवि लामिछाने

‘भदौ ७ गते बयान दिन जाँदैछु’ : रवि लामिछाने

  • बुधवार, भाद्र ५ २०८१

  • 619
    SHARES

  • ‘भदौ ७ गते बयान दिन जाँदैछु’ : रवि लामिछाने

    काठमाडौं। पूर्वउप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी भदौ ७ गते सहकारी प्रकरणबारे बयान दिन जानुहुने भएको छ।

    आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले भदौ सात गतेको बैठकमा बोलाएको भन्दै सोही दिन बयान दिन जाने बताउनु भएको हो।

    समिति बैठकमा सभापति लामिछानेले भन्नुभयो,‘समितिले मलाई भदौ ७ गते बोलाएको छ। म त्यहाँ जान्छु, गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’

    पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका सभापति लामिछानेलाई सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेको छ।


    बुधवार, भाद्र ५ २०८१०४:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij