Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा सामान्य अंकको सुधार, १४० कम्पनीको मूल्य घट्यो

सेयर बजारमा सामान्य अंकको सुधार, १४० कम्पनीको मूल्य घट्यो

  • बुधवार, भाद्र ५ २०८१

  • 626
    SHARES

  • सेयर बजारमा सामान्य अंकको सुधार, १४० कम्पनीको मूल्य घट्यो

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा अडिएको छ ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेको थियो । सो दिन २८ अर्ब ८३ करोडको सेयर कारोबार भएको थियो । त्यसपछि सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा परेकाले कारोबार भएन ।

    आज ३३७ कम्पनीको ४ करोड १४ लाख  ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख  ७३ हजार ७९२ रुपैयाँमा खरिदबिक्री भयो । कारोबार रकम आइतबारको तुलनामा कम हो । सामान्य अंकले बढेको बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

    कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,रिलाइन्स फाइनान्स,दोल्टी पावर र मल्टीप्रपोज फाइनान्सको सेयर १०  प्रतिशतले वृद्धि भएको हो । कारोबार रकमका आधारमा हिमालयन इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६६ करोड, अपी पावरको ४५ करोड,एभरेष्ट बैंकको ४५ करोड,सानिमा माइ हाइड्रोपावरको ३६ करोड सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

    पाँच समूहको उपसूचक बढ्दा ८ समूहको उपसूचक नकारात्मक देखिएका छन् ।  बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेस्टमेन्ट  र अदर्श समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो । आज कारोबारमा आएका ९९ वटा कम्पनीको मूल्य बढ्दा १४० वटाको घट्यो । बाँकी ५ कम्पनीको मूल्य भने स्थिर रह्यो  ।


    बुधवार, भाद्र ५ २०८१०३:४८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij