Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

हुम्लामा जिप दुर्घटना, पाँचजना गम्भीर

हुम्लामा जिप दुर्घटना, पाँचजना गम्भीर

  • बुधवार, भाद्र ५ २०८१

  • 329
    SHARES

  • हुम्लामा जिप दुर्घटना, पाँचजना गम्भीर

    काठमाडौं। हुम्लामा जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको सातजना सवार जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना हुँदा पाँचजना सख्त र दुईजना सामान्य घाइते भएका हुन् ।

    गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन्।

    बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२का मायादेवी शाही सामान्य घाइते भएका छन्।मोडमा मोड्ने क्रममा जिप सडकबाट १५० मिटर तल खसेको प्रहरलिे जनाएको छ।


    बुधवार, भाद्र ५ २०८१०२:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij