Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

धरहरा सर्वसाधारणका लागि पनि अब छिटै खुल्छ ; उपप्रधानमन्त्री सिंह

धरहरा सर्वसाधारणका लागि पनि अब छिटै खुल्छ ; उपप्रधानमन्त्री सिंह

  • बुधवार, भाद्र ५ २०८१

  • 378
    SHARES

  • धरहरा सर्वसाधारणका लागि पनि अब छिटै खुल्छ ; उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंको धरहरा अब छिट्टै सर्वसाधारणका लागि खुला हुने बताउनु भएको छ।आज मन्त्रालयमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिनुभयो। उहाँले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताउनुभयो।

    उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताउनुभयो। उहाँले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको बताउनुभयो।

    राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसका लागि काम शुरु गरिसकेको पनि बताउनुभयो। उपप्रधानमन्त्री सिंहले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताउनुभयो ।


    बुधवार, भाद्र ५ २०८१०२:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij