Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, दुई तिहाइ सांसदको समर्थन

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, दुई तिहाइ सांसदको समर्थन

  • मंगलवार, भाद्र ४ २०८१

  • 344
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, दुई तिहाइ सांसदको समर्थन

    काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुइ तिहाइ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिएका लिनुभएको हो।

    उहाँको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभयो। लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ।

    एमाले महासचिव शंकर पोखरेल निकट मानिने आचार्य मुख्यमन्त्री नियुक्त हुँदा संसदीय दलको उपनेता हुनुहुन्थ्यो भने तीन दिनअघि मात्रै दलको नेता चयन हुनुभएको हो। दलको नेता चयन भएपछि आज उहाँले प्रदेशसभाबाट विश्वासको मत लिनु भएको हो ।

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।


    मंगलवार, भाद्र ४ २०८१०४:२६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij