Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सरकारले टिकटकमाथीको प्रतिबन्ध हटाउँदै, यस्तो छ तयारी...

सरकारले टिकटकमाथीको प्रतिबन्ध हटाउँदै, यस्तो छ तयारी...

  • मंगलवार, भाद्र ४ २०८१

  • 602
    SHARES

  • सरकारले टिकटकमाथीको प्रतिबन्ध हटाउँदै, यस्तो छ तयारी...

    काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध खोल्ने तयारीमा जुटेको छ। टिकटक निर्माता चिनले पटक–पटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो।

    सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेलगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

    यो निर्णय लिनुअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरेका थिए। टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाउँदै प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।

    तर यता सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको हो।

    टिकटकमाथि भारतले २०२० मै पूर्ण प्रतिबन्ध लगाएको थियो भने अमेरिकाले पनि सीमित प्रतिबन्ध लगाएको छ ।


    मंगलवार, भाद्र ४ २०८१०२:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij