Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

विभिन्न वामपन्थी दलहरुसँग पार्टी एकता गर्न प्रचण्डको दौडधुप, विगत नबिर्सिएका कारण चुनौति (खास खबर)

विभिन्न वामपन्थी दलहरुसँग पार्टी एकता गर्न प्रचण्डको दौडधुप, विगत नबिर्सिएका कारण चुनौति (खास खबर)

माधव नेपाल र विप्लवले समेत विश्वास गर्न सकेनन्
  • आइतवार, भाद्र २ २०८१

  • 463
    SHARES

  • विभिन्न वामपन्थी दलहरुसँग पार्टी एकता गर्न प्रचण्डको दौडधुप, विगत नबिर्सिएका कारण चुनौति (खास खबर)

    काठमाडौं । सत्ताबाट बाहिरिनु परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकै हतास देखिएका छन् । २०६४ सालदेखि लगातार प्रत्यक्ष परोक्ष रुपमा सत्तामा टाँसिएको माओवादीलाई प्रतिपक्षीमा बस्न पनि सकस भएको देखिन्छ । पार्टीको आकार समेत खुम्चिदै गएपनि प्रचण्डलाई पिर परेको छ । यतिबेला पार्टीभित्रै पनि जनार्दन शर्मा पक्षले प्रचण्डमाथि दबाब बढाइरहेको छ । शुरुमा जनार्दन पार्टीबाटै बाहिरिन थालेको हल्ला फैलाएको माओवादीले यतिबेला साम्य पार्न प्रयत्न गरिरहेको छ । जनार्दन र बर्षमान पुन विप्लप र माधव नेपालसँग पार्टी एकता गर्ने विषयलाई स्वीकार्न सकिरहेका छैनन् । प्रचण्डले अहिलेको समयलाई पार्टी बलियो बनाउने अवसरका रुपमा लिएपनि माधव नेपाल उहाँले दिएको धोका र अस्थिरतालाई बिर्सनुभएको छैन । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पनि प्रचण्डको सक्रियता बढेको भन्दै नेपालले वास्ता नगरेको दाबी गर्नुभयो ।

    प्रचण्डलाई अहिले आफ्नो पार्टी बनाउने र आगामी निर्वाचनमा जनताको मन जितेर पुनः सरकार बनाउने वा सरकारमा जाने वैकल्पिक अवसर प्रशस्त छ । तर प्रचण्डमा त्यो बाटो रोज्नेभन्दा टुटफुट भएका कम्युनिस्टहरूलाई जम्मा पार्ने अनि त्यसैका बलमा ठुुलो पार्टी देखाउने हुटहुटीले बढी काम गरेको देखिन्छ । नेपालका कम्युनिष्टहरुका फुट र जुट विचित्रको रहेको छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले माओवादी–समाजवादी एकता सहजै हुन नसक्ने बताउनुभयो ।

    पार्टी एकताको आधार र धरातलबारे प्रचण्डले स्पष्ट जवाफ दिनुभएको छैन तर, आन्तरिक छलफललाई तीब्रता दिनुभएको छ । बरु प्रचण्डको हतारोलाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपाका महासचिव विप्लवले खासै भरपर्दो नदेखेर ‘पर्ख र हेर’ को नीति अवलम्बन गरेका छन् । एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्ने पंक्ति अल्पमतमा रहेको छ ।

     


    आइतवार, भाद्र २ २०८१०७:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij