Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • आइतवार, भाद्र २ २०८१

  • 1.1K
    SHARES

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
     
    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
     
    यसअघि गत साउन २९ गते छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो । आज उक्त रेकर्ड तोडेर थप उचाइमा पुगेको हो । 
     
    आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


    आइतवार, भाद्र २ २०८१०२:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij