Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नेपालको कुटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय दबाब र प्रभावको जोखिम, सत्ता फेरिएसँगै शासकहरुको रङ फेरिने चलन घातक (खास खबर)

नेपालको कुटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय दबाब र प्रभावको जोखिम, सत्ता फेरिएसँगै शासकहरुको रङ फेरिने चलन घातक (खास खबर)

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 503
    SHARES

  • नेपालको कुटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय दबाब र प्रभावको जोखिम, सत्ता फेरिएसँगै शासकहरुको रङ फेरिने चलन घातक (खास खबर)

    काठमाडौं । नेपाल विश्वका दुई उदयमान शक्तिशाली मुलुक भारत र चीनको बीचमा रहेको विकासन्नोमुख देश हो । यो मुलुकले यी दुई देशसँगै विश्वका विभिन्न देशहरुसँग उत्तिकै समदूरि कायम राख्नुपर्दछ । बिडम्बना सत्तापलटसँगै नेताहरुमा विभिन्न महत्वकांक्षा पलाउँदा देशको कुटनीतिमाथि पटकपटक प्रश्न उठ्ने गरेको छ । रुस–युक्रेनको युद्ध होस् वा इजरायल प्यालेस्टाइन युद्ध नेपालमा हतारमा आफ्नो धारणा सार्वजनिक गर्दा प्रत्यक्ष परोक्ष रुपमा समस्या व्यहोर्नु परिरहेको छ । नेपाल असंलग्न परराष्ट्र नीति बोकेको स्वतन्त्र मुलुक भएका नाताले कसैका सामु झुक्नुपर्ने र विभिन्न धारणा बनाइहाल्न आवश्यक छैन । जहिले पनि एकद्वार प्रणालीमा विदेशनीति हुनु आवश्यक छ । नेपालले पछिल्लो समय मुलुकको कुटनीतिक मर्यादालाई भुल्दै गएको परराष्ट्रविद् हेमराज कार्कीको भनाइ रहेको छ ।

    विकासन्नोमुख राष्ट्रमा विभिन्न शक्ति राष्ट्रहरुले गर्ने चलखेलमा समेत आन्तरिक प्रशासन चनाखो बन्न जरुरी हुन्छ । सबैको सहयोग ग्रहण गर्दै आफ्नो अस्तित्व बचाउने विषयमा कडा बन्न जरुरी छ । पछिल्लो समय विभिन्न मुलुकका उच्चपदस्थ व्यक्तिहरुको तारन्तारको भ्रमणले नेपालको राजनीतिप्रति विभिन्न धारणा बन्ने गरेका छन् । सरकार निर्माण हुँदा वा भत्किँदा पनि आम नागरिकले आआफ्नो धारणा व्यक्त गर्ने गर्दछन् । राज्यको आफ्नो नीति नियति बन्दा यस्ता खाले समस्याहरु आउने गरेका छन् । कुटनीतिज्ञ लोकराज बरालले विगतको तुलनामा अन्तर्राष्ट्रिय फोरममा नेपालको उपस्थिति कम रहेपनि सम्बन्धमा ठूलो उतारचढाव नआएको दाबी गर्नुभयो ।

    नेपाल कहिल्यै कसैको उपनिवेश रहेन । यो मुलुकमा विभिन्न कालखण्डमा भिन्न भिन्न व्यवस्था रहेपनि कसैको गुलाम बन्नुपरेन । मुलुकको प्रतिष्ठाका लागि सबैले आफ्नो कालमा उल्लेख्य प्रयत्न गरेका छन् । तर, पछिल्लो समय भने सार्वभौमिकता र कुटनीतिक मर्यादाका विषयमा धेरै विवाद सिर्जना हुने गरेका छन् ।

     


    शुक्रवार, श्रावण ३२ २०८१०७:५९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij