काठमाडौं । सहकारी ठगी छानबिन समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता दीपेश पुनसँग बयान लिएको छ । संसदीय छानबिन समितिले शुक्रबार(आज) पुनसँग बयान लिएको हो ।
एमाले सांसद सूर्य थापा संयोजकत्वको समितिले सहकारी ठगीमा जेल परेका सहकारीका सञ्चालकसँग छलफल गर्दै आएको छ ।
त्यस क्रममा माओवादी निकट अखिल क्रान्तिकारीका नेतासमेत रहेका पुनसँग बयान लिएको हो । पुन बुटवलको सुप्रिम सहकारीका सञ्चालक थिए ।
सहकारी ठगी सम्बन्धमा छानबिनका लागि पुनलाई गत २०८० चैत्र २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । पुन सञ्चालक रहेको सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।