Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु, ओली पक्षसँगै थापा पनि अनुपस्थित

प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु, ओली पक्षसँगै थापा पनि अनुपस्थित

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 862
    SHARES

  • प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु, ओली पक्षसँगै थापा पनि अनुपस्थित

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठक केहीबेरअघि धुम्बाराहीमा सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीस्थित अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा भने बैठकमा सहभागी छैनन् ।
    पार्टी केन्द्रीय कार्यालयबाट दुई अध्यक्ष ओली र प्रचण्डबाहेक सचिवालयका ७ जनालाई बैठकका विषयमा सन्देश पठाइए पनि अध्यक्ष ओलीसहित चार सचिवालयका नेता उपस्थित भएका छैनन् ।

    प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गर्न आज सचिवालयका आफ्ना समूहका सदस्यहरुँंग छलफल गर्न लाग्नुभएको स्रोतको भनाइ छ ।

     


    शुक्रवार, कार्तिक २१ २०७७०३:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij