Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित, प्रमुख दलका शीर्ष नेताले जनाए ऐक्यबद्धता, पीडितमैत्री बनाउने प्रण (खास खबर)

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित, प्रमुख दलका शीर्ष नेताले जनाए ऐक्यबद्धता, पीडितमैत्री बनाउने प्रण (खास खबर)

  • बिहिवार, श्रावण ३१ २०८१

  • 402
    SHARES

  • प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित, प्रमुख दलका शीर्ष नेताले जनाए ऐक्यबद्धता, पीडितमैत्री बनाउने प्रण (खास खबर)
    काठमाडौं । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो । आजको प्रतिनिधिसभा बैठकमा मुख्य दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै नेपालमा संक्रमणकालीन न्याय सम्बन्धीको विधेयकलाई अन्तिम रूप दिनका निम्ति सबै क्षेत्र तम्सिएको बताएका छन् । 
     
    यसै विषयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पारित भएसँगै सहमतिका साथ आयोगहरू बनाउने बताउनुभएको छ । ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको पनि बताउनुभयो । सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्ताबेज अगाडि बढाएको ओलीको दाबी छ । ऐनले आयोगलाई काम गर्न अनुकूलता प्रदान गर्ने भन्दै उहाँले सहमतिका साथ प्रभावकारी आयोग बन्ने र त्यसलाई सरकारको तर्फबाट भरपुर सहयोग हुने बताउनुभयो । 
     
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताउनुभयो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो । 
     
    त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको दाबी गर्नुभयो । उहाँले अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको जिकिर गर्नुभयो । 
     
    पीडितलाई न्यायको आभास हुने गरी टिआरसी टुंग्याउन सबै दलहरू सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई पनि मर्न नदिने गरी दुवै पक्षलाई उत्तिकै प्राथमिकता दिने दलहरूको तयारी रहेको छ । 
     
     
     
     


    बिहिवार, श्रावण ३१ २०८१०३:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij