Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टीआरसी टुंगोमा पुगेपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास

टीआरसी टुंगोमा पुगेपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास

  • बुधवार, श्रावण ३० २०८१

  • 363
    SHARES

  • टीआरसी टुंगोमा पुगेपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    बुधवार प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताउनुभयो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताउनुभयो ।

    त्यसक्रममा उहाँले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

     


    बुधवार, श्रावण ३० २०८१०२:०९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij