Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

माओवादीमा नेतृत्व फेर्ने बेला भएको छैनः माधव सापकोटा

माओवादीमा नेतृत्व फेर्ने बेला भएको छैनः माधव सापकोटा

  • सोमवार, श्रावण २८ २०८१

  • 1.4K
    SHARES

  • माओवादीमा नेतृत्व फेर्ने बेला भएको छैनः माधव सापकोटा

    काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले माओवादीमा नेतृत्व परिवर्तनको समय आइनसकेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता सापकोटाले यस्तो बताउनु भएको हो।

    माओवादी केन्द्रको जारी स्थायी कमिटीको बैठकमा नेतृत्व पुस्तान्तरण तथा हस्तान्तरणको विषय उत्कर्षमा पुगेको बेला नेता सापकोटाले अहिले नै नेतृत्वबारे सोच्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभएको हो।

    उहाँले अहिले पार्टी मजबुत बनाउँदै आम जनतामा बढेको निराशा सम्बोधन गर्न सडक र सदनमा बलियो प्रतिपक्षी बन्नुपर्ने आजको आवश्यकता रहेकोले नेतृत्व परिवर्तमा नभै पार्टी मजबुत बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो।

    फरक प्रसङ्गमा नेता सापकोटाले अहिलेको सरकार स्वार्थले बनेको गठबन्धन भएकोले ठुलो आशा गर्नुपर्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो।


    सोमवार, श्रावण २८ २०८११०:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij