काठमाडौं। नेपाली कांग्रेसको आगामी १५ औं महाधिवेशन समयमै हुने सँस्थापन पक्षले दाबी गरेको छ। सँस्थापन पक्षका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले यसअघीका हरेक महाधिवेशन निर्धारित समयमै भैरहेको दाबी गर्दै आगामी महाधिवेशनप्रति आशंका गर्नुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा पूर्वमन्त्री ढुंगानाले यस्तो बताउनु भएको हो।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सँस्थापन इतर पक्षले १५औं महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त गर्दै महाधिवेशनको सुनिश्चीतता खोजेपछी यस विषयमा सस्थापन पक्षले कुनै आशंका गर्नुपर्ने ठाँउ नरहेकोले ढुक्क हुन आग्रह गरेको छ।
यसै सन्दर्भमा कुरा गर्दै नेता ढुंगानाले कांग्रेस लोकतान्त्रीक पार्टी भएकोले पार्टीभित्र आवाज उठ्नु, बहस र छलफल हुनु स्वभाविक रहेको बताउँदै कांग्रेसले आफ्नो विधानमै महाधिवेशनको मिति निर्धारित समयमै गर्ने उल्लेख गरेकोले विधान बाहीर नजाने दाबी गर्नुभयो ।
उहाँले यसपटक आम जनतामा व्यापक निराशा जागेकोले त्यसलाई चिर्न कांग्रेस एमालेको सरकार बनेको दाबी गर्दै यो सरकारले देशलाई निकाश दिने विश्वास दिलाउनुभयो ।