Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षीमा हुँदा कुर्लिएको कांग्रेस सत्तामा पुगेपछि मौन, एमालेसंगै विमति रहेकाले चुप नबस्ने महामन्त्रीको जिकिर(खासखबर)

प्रतिपक्षीमा हुँदा कुर्लिएको कांग्रेस सत्तामा पुगेपछि मौन, एमालेसंगै विमति रहेकाले चुप नबस्ने महामन्त्रीको जिकिर(खासखबर)

  • शनिवार, श्रावण २६ २०८१

  • 619
    SHARES

  • प्रतिपक्षीमा हुँदा कुर्लिएको कांग्रेस सत्तामा पुगेपछि मौन, एमालेसंगै विमति रहेकाले चुप नबस्ने महामन्त्रीको जिकिर(खासखबर)

    काठमाडौं। राजनीतिक स्थायित्वको लागि भन्दै वर्तमान कांग्रेस–एमाले सरकार बनेको दावी नेताहरुले गरिरहेका छन् । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको दावी नेताहरुले गरिरहेका हुन् । गठवन्धनका नेताहरुले विमतिका बिषयमा बोल्दै गर्दा पनि गठवन्धनलाई साथ दिने बताएका छन्।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरु चुप नबस्ने बताउनुभएको छ। कांग्रेस र एमालेबीचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने उहाँको भनाई छ ।

    सत्तारुढ दलकै नेताहरुले यसो भनिरहदा प्रधानमन्त्री केपी शर्मा ओली भने आफुले भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउनुहुन्छ। म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ,ओलीको भनाई छ। देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा नहुने ओलीको भनाई छ ।

    आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सत्य र मानव सेवामा लाग्नेहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट पनि पार्नुभएको छ।

    समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै उहाँले आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गालीगलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने बताउनुहुन्छ ।

    यता उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताउनुहुन्छ। वर्तमान सरकार संविधान पालना गराउन, अपुरा कुरा शंसोधन गर्न बनेको उपप्रधानमन्त्री सिंहको दाबी छ।

    गठवन्धन भित्र फरक फरक दलहरुका आफ्ना विचार र धारणा आउनु स्वभाविक हो। तर जुन उद्देश्यका साथ सरकार गठन भएको छ ति उद्देश्य पुरा गर्न प्रधानमन्त्री ओली दृढ भएर लाग्न जरुरी छ ।

     


    शनिवार, श्रावण २६ २०८१०८:०७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij