Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

“म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ र राष्ट्रको सम्पत्ति आफ्नो नाममा पनि ल्याउँदिनँ’’

“म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ र राष्ट्रको सम्पत्ति आफ्नो नाममा पनि ल्याउँदिनँ’’

  • शनिवार, श्रावण २६ २०८१

  • 641
    SHARES

  • “म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ र राष्ट्रको सम्पत्ति आफ्नो नाममा पनि ल्याउँदिनँ’’

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ।

    आज ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’को जिल्ला पदस्थापन र प्रथम क्याबिनेटलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुभयो।

    प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गर्नुभयो।

    ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताउँदै आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहो¥याउँदै भन्न्ुभयो, “म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ। म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’’

    प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुराहरूलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरूको प्रवृत्ति सही नहुने बताउनुभयो ।


    शनिवार, श्रावण २६ २०८१०४:१५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij