Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा सवार ६१ जनाकै मृत्यु

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा सवार ६१ जनाकै मृत्यु

  • शनिवार, श्रावण २६ २०८१

  • 841
    SHARES

  • ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा सवार ६१ जनाकै मृत्यु

    काठमाडौं । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

    सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ ।

    प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गर्नुभएको छ । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।


    शनिवार, श्रावण २६ २०८१०७:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij