काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाको आलोचना गर्नुभएको छ ।
सामाजिक संजाल ट्विटरमा उहाँले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताउनुभयो ।
हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।
<blockquote class="twitter-tweet"><p lang="ne" dir="ltr">नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।</p>— Bhim Rawal, PhD (@BhimRawal179) <a href="https://twitter.com/BhimRawal179/status/1324545064551424000?ref_src=twsrc%5Etfw">November 6, 2020</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>