Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पास

टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पास

  • बिहिवार, श्रावण २४ २०८१

  • 1.1K
    SHARES

  • टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पास

    काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मत रुपमा पास भएको छ।

    समितिको आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो।

    बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको थियो। प्रस्तावमाथिको छलफलपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गर्नुभएको हो।

    साथै उहाँले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिनु भएको छ। संसदको बैठक भने आगामी २९ साउनलाई तोकिएको छ।


    बिहिवार, श्रावण २४ २०८१०२:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij