Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

हेलिकप्टर दुर्घटना : छानबिन गर्न समिति गठन

हेलिकप्टर दुर्घटना : छानबिन गर्न समिति गठन

  • बुधवार, श्रावण २३ २०८१

  • 562
    SHARES

  • हेलिकप्टर दुर्घटना : छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले आज नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङकाअनुसार आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ। आयोगलाई ३० दिनको समय दिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।

    आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित पाँच जनाको मृत्यु भएको थियो । अन्य चार जना चिनियाँ नागरिक थिए ।

     


    बुधवार, श्रावण २३ २०८१०७:५१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij