Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित पाँचजनाको शव फेला

हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित पाँचजनाको शव फेला

  • बुधवार, श्रावण २३ २०८१

  • 2.0K
    SHARES

  • हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित पाँचजनाको शव फेला

    काठमाडौं। नुवाकोटमा आज भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु पुष्टी भएको छ। काठमाडौंको त्रिभुवन विमानस्थलबाट दिउँसो १.५४ मा उडेको तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा दुर्घटनाग्रस्त बनेको हो।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गर्नुभयो। नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।

    डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो । उहाँकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो ।

     


    बुधवार, श्रावण २३ २०८१०३:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij