Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

  • बुधवार, श्रावण २३ २०८१

  • 797
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरू

    काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब डेढ घन्टा ढिला गरी सुरू भएको नेताहरुले जानकारी दिएका छन्।

    बैठकमा गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकले पारित गरेका विभिन्न प्रस्तावलाई सुझावसहित अनुमोदन गर्नेजस्ता एजेन्डामा छलफल हुनेछ। महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे पेस गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको थियो।

    महासमिति सदस्यहरूले ती प्रस्तावमाथि दिएका सुझावलाई प्रस्तावमा समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्ने त्यसबेला निर्णय भए पनि अहिलेसम्म केन्द्रीय समितिमा पेस गरिएको थिएन।

    साथै समसामयिक राजनीति, पार्टीको संगठन सुदृढीकरणका लागि अभियान, संघीयदेखि प्रदेशका सरकारहरूका कामकारबाही प्रभावकारी बनाउनेजस्ता विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसमा १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ।


    बुधवार, श्रावण २३ २०८१०२:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij