Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बंगलादेशमा रहेका हिन्दू मन्दिरहरूलाई स्थानीय तथा विद्यार्थीहरूले घेरेर सुरक्षा दिँदै

बंगलादेशमा रहेका हिन्दू मन्दिरहरूलाई स्थानीय तथा विद्यार्थीहरूले घेरेर सुरक्षा दिँदै

  • बुधवार, श्रावण २३ २०८१

  • 948
    SHARES

  • बंगलादेशमा रहेका हिन्दू मन्दिरहरूलाई स्थानीय तथा विद्यार्थीहरूले घेरेर सुरक्षा दिँदै

    काठमाडौं । आक्रमणकारीहरूको आगलागी तथा तोडफोडबाट जोगाउन बंगलादेशको राजधानी ढाकामा रहेका हिन्दू मन्दिरहरूलाई स्थानीय तथा विद्यार्थीहरूले घेरेर सुरक्षा गरिरहेका छन् ।

    बंगलादेशको अखबार ढाका ट्रिब्यूनका अनुसार ढाकोश्वरी राष्ट्रिय मन्दिर, राम काली मन्दिर तथा इस्कन लगायतका मन्दिरहरूमा विद्यार्थी नेताहरू तथा स्थानीयले सुरक्षा दिइरहेका छन् ।

    बंगलादेशको वृहत् हिन्दू संठका केन्द्रीय महासचिव तथा अधिवक्ता गोविन्द चन्द्र प्रमानिकले ढाका ट्रिब्यूनसँग भनेका छन्, ‘भगवानको जीवनमा बस्नेहरूमा डर हुन्न । अहिले हामी सबै एकताबद्ध छौँ । डरपोकहरू भगवानको साथमा हुँदैनन् ।’

    यस्तै हिन्दू मन्दिरको सुरक्षामा सहयोग गरिरहेका ढाका विश्वविद्यालयका कानुनका विद्यार्थी राफिद अजादले मङ्गलवारदेखि मन्दिर सुरक्षा गरेको भन्दै भनेका छन्, ‘यो भन्दा अगाडी हामी सिद्धेश्वरी काली मन्दिरमा गएका थियौँ । त्यहाँ अझै विद्यार्थीहरू छन् ।’

    बंगलादेशका हिन्दू अल्पसङ्ख्यकहरूमाथि शेख हसिनाले सोमबार देश छोडेबाट व्यापक हिंसा भएपछि देशभर तनाव भएको थियो । हिन्दूका मन्दिर तथा घरहरू जलाइएको थियो ।

    प्रहरी भित्रका हिन्दूहरुको हत्या गरिएको तथा चर्चित हिन्दू संगीतकार राहुल आनन्दको घरमा आगो लाइएको थियो ।

     


    बुधवार, श्रावण २३ २०८१०२:०५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij