Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बंगलादेशमा जनताको विद्रोह, ढल्यो हसिनाको विरासत, अहंकारले देशै छोड्नुपरेको टिप्पणी, नेपाली विद्यार्थीहरु अझै असुरक्षित(खासखबर)

बंगलादेशमा जनताको विद्रोह, ढल्यो हसिनाको विरासत, अहंकारले देशै छोड्नुपरेको टिप्पणी, नेपाली विद्यार्थीहरु अझै असुरक्षित(खासखबर)

  • मंगलवार, श्रावण २२ २०८१

  • 966
    SHARES

  • बंगलादेशमा जनताको विद्रोह, ढल्यो हसिनाको विरासत, अहंकारले देशै छोड्नुपरेको टिप्पणी, नेपाली विद्यार्थीहरु अझै असुरक्षित(खासखबर)

    काठमाडौं। बंगलादेश सरकारले स्वतन्त्र सेनानी परिवारलाई लामो समयदेखि आरक्षण कोटा दिँदै आएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्दा शेख हसिनाको सत्ता गुमेको छ भने देशै छोडेर भाग्नुपरेको छ।

    गत महिनाबाट सुरु भएको स्वतन्त्रता सेनानी कोटासम्बन्धी आन्दोलन सर्वोच्च अदालतले खारेज गरेपछि आन्दोलन केही दिन साम्य भएको थियो। तर, प्रकाउ परेका विद्यार्थी नेताहरूलाई रिहा नगर्दा र सरकारले त्यसको कार्यान्वयनमा बेवास्ता गरेपछि आइतबारदेखि आन्दोलनले अझ उग्र रूप लिएको थियो ।

    सरकारले आइतबारदेखिनै तीन दिन सरकारी बिदा समेत दियो। आन्दोलनले उग्ररुप लिँदा राजधानी ढाकासहित देशका विभिन्न स्थानमा झडप हुँदा आइतबार मात्रै ९० जनाभन्दा बढीको मृत्यु भएको थियो। सोमबार पनि प्रदर्शन चर्किँदा धेरैले ज्यान गुमाए।

    नेपाली विद्यार्थीहरु अहिले पनि त्रसित रहेको नेपिज मेडिकल स्टुडेण्ट बंगलादेशका पदाधिकारी नविन यादवको भनाइ रहेको छ।सोमबार बिहान प्रदर्शनकारी प्रधानमन्त्री कार्यालय ‘गणभवन’तर्फ अघि बढिरहेका थिए। सोही समयमा आन्दोलनकारीबीच सम्पर्क टुटाउन सरकारले देशभरी पूर्ण रूपमा इन्टरनेट सेवा बन्द गरेको थियो।

    प्रहरी तथा सेनासँगको झडपमा केही व्यक्तिहरूको मृत्यु भएपछि आन्दोलनकारी उग्र भएर प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका थिए। त्यसपछि भवनभित्रै रहेकी शेख हसिना असुरक्षित महसुश गर्दै बाहिरिएकी थिइन्। लगत्तै उनी सेनाको जहाजबाट देश छाडिन्। उनले आकाशबाटै राजीनामा दिएको बताइएको छ ।

    पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले समस्या ठूलो नभएपनि जनआक्रोशलाई नबुझ्ना हसिनाको विसर्जन भएको बताउनुभयो ।नेकपा एमालेका सांसद एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले निरंकुशताको पराकाष्ठा बंगलादेश सरकारको पतन भएको दाबी गर्नुभयो। वरिपरिका आसेपासेहरुले अन्तिममा साथ छोड्दा हसिना एक्लिएको उहाँको भनाइ छ ।

    आन्दोलन चर्किएपछि बंगलादेश निर्यात गर्न लोड गरिएका नेपालका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन्। गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो। त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् ।


    मंगलवार, श्रावण २२ २०८१०८:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij