Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

काँग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक आज पनि बस्दै

काँग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक आज पनि बस्दै

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.0K
    SHARES

  • काँग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक आज पनि बस्दै

    काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक आजपनि बस्ने भएको छ । बैठक देउवा निवास बुढानिलकण्ठमा दिउँसो साढे १२ बजे बस्ने केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

    आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्र र १४औं महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुने भण्डारीले जानकारी दिनुभयो । हिजो बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्न लागेको हो ।

    वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका कतिपय निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो । १६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ ।

    तर देउवा पक्ष भने विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ । विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता,भातृ संस्थाको पदावधि लगायतमा पार्टीभित्र विवाद छ ।

    यस्तै आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक भने कात्तिक २४ गतेसम्मकालागि स्थगीत भएको छ ।


    शुक्रवार, कार्तिक २१ २०७७०८:१२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij