Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

  • सोमवार, श्रावण २१ २०८१

  • 862
    SHARES

  • कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो ।
     
    केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेपछि यही साउन ७ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो । सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
     
    ४० सदस्यीय प्रदेशसभामा विश्वासका लागि २१ मत आवश्यक पर्दछ । प्रदेशसभामा सत्तारुढ कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । यस्तै, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।
     


    सोमवार, श्रावण २१ २०८१०९:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij