Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सरकारलाई स्टन्टबाजी चाहिएको छैन, कसैले भ्रम फैलाउन नखोजे हुन्छः प्रधानमन्त्री ओली

सरकारलाई स्टन्टबाजी चाहिएको छैन, कसैले भ्रम फैलाउन नखोजे हुन्छः प्रधानमन्त्री ओली

  • आइतवार, श्रावण २० २०८१

  • 935
    SHARES

  • सरकारलाई स्टन्टबाजी चाहिएको छैन, कसैले भ्रम फैलाउन नखोजे हुन्छः प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारलाई कुनै स्टन्टबाजी नचाहिएको बताउनुभएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि काँग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूहरुले स्टन्टबाजीको रुपमा कुनै पनि काम नगर्ने बताउनुभयो।

    प्रधानमन्त्री ओलीले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि भ्रम सिर्जना गर्नेगरी काम नगर्ने बताउनुभयो।उहाँले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्दै संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो।

    प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो।

    नेकपा (एमाले), नेपाली काँग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीको यो समीकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षलाई अभिवृद्धि गर्नका लागि भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरुप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताउनुभयो। उहाँले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दाबी समेत गर्नुभयो।

     


    आइतवार, श्रावण २० २०८१०२:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij