Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एमालेमा गुटबन्दी स्वीकार्य छैन : केपी ओली

एमालेमा गुटबन्दी स्वीकार्य छैन : केपी ओली

  • आइतवार, श्रावण २० २०८१

  • 885
    SHARES

  • एमालेमा गुटबन्दी स्वीकार्य छैन : केपी ओली

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनैपनि गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    उहाँले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिँदै भन्नुभयो, ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो। या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो, हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’

    कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै ओलीले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस्। तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीले बताउनुभयो।

    उहाँले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिनुभयो। उहाँले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो ।

     


    आइतवार, श्रावण २० २०८१०२:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij