Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता, तीन राज्यमन्त्री थपिए

प्रधानमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता, तीन राज्यमन्त्री थपिए

  • शुक्रवार, श्रावण १८ २०८१

  • 1.7K
    SHARES

  • प्रधानमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता, तीन राज्यमन्त्री थपिए
    काठमाडौं । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 
     
    राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।  तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
     
    चौधरीले संस्कृति पर्यटन तथा नागरिक  उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।   गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
     


    शुक्रवार, श्रावण १८ २०८१०३:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij