काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताउनुभएको छ । महासचिव पोखरेलले त्यही व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने छ’, उहाँले भन्नुभयो ।
उहाँले संविधान संशोधन गर्न एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको बताउनुभयो । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको पोखरेलले जिकिर गर्नुभयो । लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताउनुभयो ।