Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • सोमवार, श्रावण १४ २०८१

  • 1.1K
    SHARES

  • यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    काठमाडौं । सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ ।
     
    साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।
     
    बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशमलव ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय उहाँले बताउनुभयो ।
     
    त्यस्तै बैठकले विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
     
     
    बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभएको छ ।


    सोमवार, श्रावण १४ २०८१०५:०३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij