Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको एकल उम्मेदवारी

कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको एकल उम्मेदवारी

  • सोमवार, श्रावण १४ २०८१

  • 962
    SHARES

  • कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको एकल उम्मेदवारी
    काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ । कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकाल समर्थनमा थापामगरको एकल उम्मेदवारी दर्ता भएको हो ।
     
    दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म थापाको मात्रै एकल उम्मेदवारी दर्ता भएको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार एकल उम्मेदवारी परेकाले सम्भवतः सर्वसम्मत सभापतिमा चयन हुनुहुने छ । यद्यपि निर्वाचन कार्य तालिकाअनुसार साढे ४ बजेका लागि सम्बन्धित समितिको बैठक बोलाइएको र उक्त बैठकले निर्णय गर्नेछ ।
     
    समिति सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापति चयनको प्रक्रिया अघि बढेको छ ।
     


    सोमवार, श्रावण १४ २०८१०४:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij