Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको बैठक बुधबारसम्मका लागि स्थगित

एकीकृत समाजवादीको बैठक बुधबारसम्मका लागि स्थगित

  • सोमवार, श्रावण १४ २०८१

  • 350
    SHARES

  • एकीकृत समाजवादीको बैठक बुधबारसम्मका लागि स्थगित

    काठमाडौं। एकीकृत समाजवादीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस परेको छ।

    एसले पहिलो पटक गरेको महाधिवेशनलाई १० औं महाधिवेशनको नाम दिएर भएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष , घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा दोहो¥याएर घोषणा भएको थियो।

    उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने घोषणा भएपनि हालसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन।
    गत असार २१ गते ९३ सदस्यीय अपुरो केन्द्रीय समिति घोषणा गरेको एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो।

    तर पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएको भन्दै पुनः केन्द्रीय सदस्यको संख्या १० प्रतिशत बढाएर ३२९ सदस्यीय बनाउने तयारी छ।

    केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिने तयारीका साथ आजका लागि तय भएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार तयारी अपुग भएका कारण बैठक सारिएको हो।

    केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उहाँको भनाई छ। केन्द्रीय सदस्यको टुंगो लगाएपछि बाँकी पदाधिकारी छनोट हुने एकीकृत समाजवादीले जनाएको छ।

     


    सोमवार, श्रावण १४ २०८१०१:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij