काठमाडौं। एमाले नेता ठाकुर गैरेले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा सुशासन स्थापीत गर्ने दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता यस्तो बताउनु भएको हो।
नेता गैरेले सरकारले निर्मम रुपमा भ्रष्टाचारविरुद्ध कदम चाल्ने र आम जनताले महसुस गर्ने गरी डेलिभरी दिने जिकिर गर्नुभयो।
अहिलेको सरकार प्रचण्ड सरकारको अराजकता नियन्त्रण गर्नका लागी बाध्यतावस निर्माण बनेको बताउँदै सरकारले निश्पक्ष रुपमा भ्रष्टाचारविरुद्ध काम गर्ने र दोषीलाई कठघारामा उभ्याउने दाबी गर्नुभयो ।
उहाँले सहकारी प्रकरणदेखी अन्य विभिन्न प्रकरणमा संसदिय समितिसहित अन्य सरोकारवाला निकायले निश्पक्ष काम गर्ने र त्यसका लागी सरकारले कुनै अवरोध नगर्ने बताउनुभयो।
विभिन्न प्रकरणदेखी भ्रष्टाचारबाट पीडित जनतालाई न्याय दिलाउने कुरामा सरकार अडिग रहेको बताउँदै यस्ता समस्याबाट मुक्त नगरी सुशासन कायम नहुने भएकोले ओली नेतृत्वको सरकार यसमै केन्द्रित हुने उहाँको जिकिर थियो ।