काठमाडौं। वर्तमान कांग्रेस एमालेको सरकारले आम जनतामा आशाको सञ्चार जगाएको नेपाली कांग्रेसले दाबी गरेको छ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले ठुलो त्याग र बलिदानीबाट प्राप्त उपलब्धी नै खतरामा पारेपछी कांग्रेस एमाले नेतृत्वमा बनेको नयाँ समिकरणको सरकारले आम जनतामा आशाको सञ्चार बढाएको दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड नेतृत्वको सरकारले जनतामा वितृष्णा फैलाउने र व्यबस्थामाथी नै धावा दिने काम मात्रै गरेको आरोप लगाउनु भयो।
प्रचण्डले पछिल्लो समय आँफु कामै नगर्ने र अन्य दलहरुलाई आरोप लगाउँदै आँफु नै सबथोक र सर्वेसर्वा हो भन्ने घमण्डले गणतान्त्रीक व्यवस्थामाथी प्रहार गर्न थालेपछी बाध्यतावस कांग्रेस एमाले एकठाँउमा आउनु परेको जिकिर गर्नुभयो ।
प्रचण्डकै कारण नयाँ समिकरणबाट वर्तमान सरकार बनेको दाबी गर्दै नेता यादवले यही सरकारले जनतालाई सुशासन दिने दाबी गर्नुभयो।