काठमाडौं । नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसहरूले पुर्याएको योगदान र भोगिरहेका समस्या बारे नेपाल पब्लिक क्याम्पस सङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ता र महासचिव गोविन्दबहादुर कार्कीले शनिबार एक विज्ञप्ति निकाल्दै सामुदायिक क्याम्पसहरूले भोग्दै आएका प्रमुख समस्याहरू र समाधानका उपायहरूसहित मन्त्री भट्टराईलाई ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘समुदायको लगानी, सहभागिता, अपनत्व, सहकार्य तथा सरोकार रहेको सामुदायिक क्याम्पसहरूमा राज्यको समेत ठुलो लगानी रहेको छ । राज्यका तीनै तहका सरकारहरूले अपनत्व ग्रहण नगरेसम्म राज्यको प्राथमिकतामा पर्ने जनसमुदाय तथा आर्थिक रूपले विपन्न वर्ग समक्ष उच्च शिक्षाको अवसर पुर्याउन कठिन रहेको छ । सामुदायिक क्याम्पसहरूमा लगानी सहित यस्ता क्याम्पसहरूको स्थायित्व तथा विकासका लागि वैधानिक तरिकाले सञ्चालन अपरिहार्य आवश्यकता रहेको मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
सङ्घले त्रिभुवन विश्वविद्यालयले स्थगन गरेको विषय सम्बन्धन तथा कार्यक्रम थप अविलम्ब खुलाउनु पर्ने, शिक्षक तथा कर्मचारीको स्तर निर्धारण, उच्च शिक्षा विधेयकमा सङ्घले पेश गरेको संशोधनका विषयहरू, सी.टी.ई.भि.टी. बाट सम्बन्धन लिई सञ्चालन गरिने प्राविधिक धारका कार्यक्रमहरू सञ्चालन अनुमति सम्बन्धमा अल्पकालीन र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायमा पहलकदमी लिइदिनुहुन ध्यानाकर्षण गराएको छ ।
यस्तो छ ध्यानाकर्षण पत्र:



