Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकियो

नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकियो

  • आइतवार, श्रावण १३ २०८१

  • 729
    SHARES

  • नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकियो

    काठमाडौं । आजका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ । आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो ।

    ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले नेपाल, भारत र बंगलादेशीसँग हुने भनिएको त्रिपक्षीय विद्युत व्यापार सम्झौता रोकिएको बताउनुभयो । सम्झौताका लागि अर्को मिति तय गरिने उहाँले बताउनुभयो ।

    तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता आज विद्युत् व्यापार सम्झौता गर्ने तयारी भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुने भनिएको थियो ।

    सम्झौता नेपाल विद्युत् प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच गर्ने गरी तयारी भएको थियो । नेपालमा उत्पादन भएको ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

    नेपालले प्रत्येक वर्षको ५ महिना जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म बिजुली निर्यात गर्ने सम्झौचा गर्ने तयारी गरेको थियो ।


    आइतवार, श्रावण १३ २०८१०१:२४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij