Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सरकारविरुद्ध फेरि पनि सडकमा पलेटी कस्छौं : प्रचण्ड

सरकारविरुद्ध फेरि पनि सडकमा पलेटी कस्छौं : प्रचण्ड

  • शनिवार, श्रावण १२ २०८१

  • 1.1K
    SHARES

  • सरकारविरुद्ध फेरि पनि सडकमा पलेटी कस्छौं : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको सरकारविरुद्ध सडकमा पलेटी कस्ने चेतावनी दिनुभएको छ।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिनु भएको हो।

    सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उहाँले भन्नुभयो,‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं।’

    अध्यक्ष प्रचण्डले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको तर्क गर्नुभयो। समानुपातिक पद्धतिमा थ्रेस होल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने दाबी गर्नुभयो।

    आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो। उहाँले विचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको दाबी गर्नुभयो।


    शनिवार, श्रावण १२ २०८१०४:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij