Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

नेपाल साहित्यको उर्वर भूमि हो, यसको संरक्षण गरौंः प्रधानमन्त्री ओली

नेपाल साहित्यको उर्वर भूमि हो, यसको संरक्षण गरौंः प्रधानमन्त्री ओली

  • शनिवार, श्रावण १२ २०८१

  • 551
    SHARES

  • नेपाल साहित्यको उर्वर भूमि हो, यसको संरक्षण गरौंः प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएकोले यसको संरक्षणमा जुट्नुपर्ने बताउनुभएको छ ।आज नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा एक आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

    प्रधानमन्त्री ओलीले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पती भएको बताउनुभयो । नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताउनुभयो । युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजेपनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताउनुभयो ।


    शनिवार, श्रावण १२ २०८१०३:०८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij