काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्र्रचण्डबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन ।
पछिल्लो समय दुवै अध्यक्षले जे पनि हुन सक्ने भन्दै आ–आफ्नो गुटका नेता–कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताइन्छ ।
दुई अध्यक्षबीचको सहमति नै पार्टीको लागि निकास भएको भन्दै दोस्रो तहका नेताहरुले दबाब दिएपछि दुई उनीहरुबीच छलफल हुँदैछ । आज उनीहरुबीच निर्णायक वार्ता हुने सम्भावना रहेको स्रोत बताउँछ ।
छलफलका लागि प्रचण्ड अहिले प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई छुट्टिने नै भए सल्लाहमै छुट्टिन चुनौती दिँदै आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताउनुभएको छ । यसपछि उनीहरुबीच पहिलोपल्ट भेट हुन लागेको हो ।