काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएको उल्लेख छ ।
निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढाउने लक्ष्य छ । बैंकहरूले नाफा बढाइने र कर्जाको सीमा पनि बढाउने लक्ष्यसाथ मौद्रिक नीति आएको छ ।
मौद्रिक नीतिबारे शेयर लगानीकर्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् । नीति समग्रमा राम्रो आएको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखलेलले बताउनुभयो ।
शेयर लगानीकर्ताले माग गरेको जस्तो कुरा भने मौद्रिक नीतिमा समावेस नभएको भएपनि समग्रमा शेयर बजारलाई सकारात्मक गर्ने खालको नीति आएको पोखलेको भनाइ छ ।