Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी

  • शुक्रवार, श्रावण ११ २०८१

  • 1.2K
    SHARES

  • कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक  गर्ने तयारी
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।
     
    परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भन्नुभयो,  ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।
     
    बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेड वृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् । देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।


    शुक्रवार, श्रावण ११ २०८१०२:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij