Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयकमा जुट्यो सैद्धान्तिक सहमति

टीआरसी विधेयकमा जुट्यो सैद्धान्तिक सहमति

  • शुक्रवार, श्रावण ११ २०८१

  • 509
    SHARES

  • टीआरसी विधेयकमा जुट्यो सैद्धान्तिक सहमति

    काठमाडौं। सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ। आज गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा तीन दलबीच बसेको बैठकबाट सहमति अन्तिम अवस्थामा पुगेको हो।

    अब विधेयकमा सहमति जुटाउन गठित सहजीकरण कार्यादलले आउँदो सोमबार सरोकारवालाहरूसँग एकचरण छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यदल सदस्य माओवादी उपमहासचिव जनार्दन शर्माले जानकारी दिनुभयो ।

    शर्माले भन्नुभयो,’सैद्धान्तिक छलफल सहमतिकै वरिपरि छ। व्यवहारिक रुपमा शब्दहरू के लेख्ने भन्नेमा अब मिलाउँछौं। सरोकारवालाको राय लिन्छौं ।’

    कांग्रेस, एमाले र माओवादीका तर्फबाट रमेश लेखक, महेश बर्तौला र जनार्दन शर्मा सम्मिलित कार्यदलले संसद्मा विचाराधीन टीआरसीसम्बन्धी ऐन संशोधनको मस्यौदामा सहमति हुन बाँकी मुद्दामा छलफल तीव्र पार्दै युद्धअपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म घटी सजाय गर्ने प्रावधान राख्न गत मंगलबार नै सहमति गरेको थियो ।


    शुक्रवार, श्रावण ११ २०८१०१:३१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij