Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

नेपालमा हवाई दुर्घटनाको सन्त्रास, सावधानी अपनाउन नसकिएको विज्ञहरुको तर्क, ईयूको सुझावलाई आत्मसात गर्नैपर्ने (खासखबर)

नेपालमा हवाई दुर्घटनाको सन्त्रास, सावधानी अपनाउन नसकिएको विज्ञहरुको तर्क, ईयूको सुझावलाई आत्मसात गर्नैपर्ने (खासखबर)

  • बिहिवार, श्रावण १० २०८१

  • 684
    SHARES

  • नेपालमा हवाई दुर्घटनाको सन्त्रास, सावधानी अपनाउन नसकिएको विज्ञहरुको तर्क, ईयूको सुझावलाई आत्मसात गर्नैपर्ने (खासखबर)

    काठमाडौं। नेपालमा भित्रिने विमानका विषयमा बेलाबखत चर्चा परिचर्चा हुने गर्दछ। धेरै मुलुकमा सञ्चालनमा आइसकेपछि नेपाल भित्रिने विमानका कारण दुर्घटनाको भय हुने बहस पनि हुने गरेको छ। निजी विमान कम्पनीहरुले सस्तो दररेटमा एकपटक प्रयोगमा आइसकेको विमान खरिद गर्दा त्यसको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ ।

    कहिले मुसाले तार काट्ने, कहिले विमानमा परेको प्वाललाई कपासले टाल्ने जस्ता सामान्य घटनाहरु त भइरहेका हुन्छन्। तर, चालक दलका सदस्य, प्राविधिक र व्यवस्थापन टीमका व्यक्तिहरु पनि जहाजमा सुरक्षित नहुने भनेपछि वायुयानको गुणस्तरमाथि प्रश्न उब्जिएको छ।

    वरिष्ठ पाइलट एवं वायु सेवा निगमका पूर्व महाप्रबन्धक केबी लिम्बुले दुर्घटनाबाट बच्न जहाजको ग्राउडेट मिति, रनवेमा टेक अपको बिन्दुलगायतका विषयमा चनाखो हुनुपर्ने बताउनुभयो ।सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा ९१५ को ज्यान गएको छ ।

    सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को तथ्यांक छ ।०७९ साल माघ १ पछि नेपालमा मानवीय क्षति हुने गरी जहाज दुर्घटना भएको भने बुधबार नै पहिलो हो ।

    ०७९ माघ १ मा यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । हवाई विज्ञ त्रिरत्न मानन्धरले हवाईसेवालाई सुरक्षित र मर्यादित बनाउनका लागि हरेक पक्षको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

    गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले घटना घटेको बेला मात्रै तात्ने पछि बिर्सिदै जाँदा लापरवाही गर्ने थिति बसेको दाबी गर्नुभयो । व्यवस्थापन पक्षले प्राविधिक पक्षलाई नजिकबाट बुझ्नुपर्ने उहाँको सुझाव छ ।

    नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ७० वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईको मृत्यु र एक घाइते भएका थिए ।

    जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता साना–ठूला दुर्घटना धेरैपटक भएका छन् । यस्ता केही दुर्घटनामा यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ।

    आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पाँच ठूला दुर्घटना भएका छन् ।


    बिहिवार, श्रावण १० २०८१०८:०४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij